एक दुई शब्द कोरिदैमा गजल बन्दैन साथी
समय लाग्छ एक दिनमै महल बन्दैन साथी
कुर्नै पर्छ यो रित हो बदल्न सक्दैनौ हामी
रोप्दैमा कुनै बोटमा पहिल्यै फल बन्दैन साथी
साथ चाहिन्छ सबैको जीन्दगीको रङ्ग हेर्न
आफै एक्लै हास्दैमा रमाईलो पल बन्दैन साथी
हुन्छ गल्ती कहिलेकाहि बिर्सिएर कसैबाट
आफै आफै कराए समस्याको हल बन्दैन साथी
बिक्रम गिरी "अपरिचित"
चन्द्रौटा कपिलबस्तु

No comments:
Post a Comment