Thursday, July 25, 2013

Gazal

म मरेसी निष्ठुरी मेरो नामले तर्साउला
बाटो काटदा म कुर्ने त्यो ठामले तर्साउला

सोच्न पनि सकिन धोका जब देकि थियौ
तिम्रै नाममा लेखेका ति खामले तर्साउला

आफै भन्थ्यौ कसम खादै तिम्रै हु जुनी जुनी
फगत कसम खाने अब कामले तर्साउला

हेर न अब कति झुक्किनेछौ जीन्दगीमा
मेरै चेहेर त्यो भिडमा मानिसको लामले तर्साउला

बिक्रम गिरी "अपरिचित"
चन्द्रौटा कपिलबस्तु

No comments:

Post a Comment