"स्वर्णिमाले मन पराएको पेन्टिङ"
एक्कासी छत बाट एउटा सुमधुर आवाज आउदथ्यो GOOD MORNING!!! म को हो भनेर
हेर्न नपाउदै उ कति छिटो मेरो अगाडि आईपुग्थी,हो उ नै स्वर्णिमा थिई ,मेरी
प्यारी स्वर्णिमा!उसको अनुहारमा बेग्लै चमक थियो,उसको नयनबाट नजर हटाउन म
गाह्रो महसुस गर्दथे!उ म बसेको नजीक आएर बस्दथि र भन्थी "खै त मेरो लागी
पेन्टिङ"!
उ बच्चा जस्तो कराउन थाल्दथी,भन्थी मान्छेले आफ्नैलाई हो आफ्नोलाई नै पराई
ठान्दछ!उ उदास भएर फर्कन्थी! म किन हो किन केवल एक मुर्ति सरह उसलाई हेर्नु
बाहेक केहि गर्न सक्दिनथे,उ सधै म बाट रिसाएर जान्थी तर मैले उसको लागी
एउटा यस्तो पेन्टिङ बनाउने निर्णय गरेको थिए जो अलग होस,र केवल
स्वर्णिमालाई नै पहिला देखाउने प्रण गरेको थिए!म त्यो पेन्टिङमा हेरेक
रितुको आर्कषण,हेरेक खुसीको मिषरण र हरेक रङ्ग मिसाउन चाहन्थे!
स्वर्णिमा आफ्नो प्राय जस्तो समय मेरो अरु पेन्टिङ हेरेर बिताउदथी!उसका
साथिहरु आएर बोलाउदा नि उ पटक्क सुन्दिनथी,मान्दिन्थी!अन्तिममा मलाई नै
केहि गरिदिनु पर्थयो र उ बल्ल जानलाई राजी हुन्थी तर उसका साथिहरु मलाई
छडके ईशाराले जिस्काउदथे!मैले धत लाटिहरु भनेर भगाईदिन्थे र आफै मनमनै
हर्षित हुन्थे,लज्जीत हुन्थे!कता कता स्वर्णिमा भनेपछि मलाई काम गर्न रुचि
जाग्दैन्थ्यो,मेरो मन कता कता टोलाउन पो थाल्दथ्यो,एक दिनको कुरा हो मेरो
नाम सोध्दै कुन अपरिचित केटि मेरो घरमा आएको रहेछ तर त्यो दिन म
नभएकाले,अर्को दिन स्वर्णिमाले नै केटिलाई मेरो घरसम्म पुराईदिएको थिई,उसको
नाम "राधा" रहेछ!
उसले मेरो एउटा पेन्टिङ कहा देखेकाले मेरो नाम र ठेगाना सोधि म कहा आएकि
रहेछ, बुझ्दै जादा उ पल्लो गाउकि रहिछ, सहरमा बसेर पढने रहेछ! म उसँग गफ
गर्दा स्वर्णिमा अलिक पर उभिरहेकि थिई र उसको अनुहारमा त्यो रङ्ग थिएन त्यो
चमक थिएन जुन अरुबेला हुन्थ्यो!उसमा एक किसिमको ईर्ष्या,डाहा पलाईरहेको
देखिन्थ्यो,मैले स्वर्णिमालाई आखाँ चार गर्न सकिरहेको थिएन र राधा लाई जाउ
पनि भन्न सक्दिनथे!म दोधारमा परे स्वर्णिमा त आफ्नै परी पहिले राधालाई नै
प्राथमिकता दिए!राधाको अनुसार उसलाई एउटा यस्तो पेन्टिङ चाहिएको थियो जसमा उ
आफुलाई हराएको देख्न पाओस र आन्न्दित होस! मलाई झन गाह्रो काम थपियो उता
स्वर्णिमाको पेन्टिङ पुरा त के सुरु पनि भाको छैन र यता राधाको त्यसतो
पेन्टिङको माग मैले हुन्छ भनिदिए र केहि समय लाग्छ भनिदिए, उसले म एक दुई
महिना छुट्टिमा छु जहिले बनाए पनि हुन्छ भनि र धन्यवाद भनेर गई!राधा गएको
केहि क्षणमा नै स्वर्णिमा पनि मुख फुलाएर गई, म उसलाई रोक्न सकिन, म
जान्दिनथे यो उसको प्रेम हो कि के हो? हुन त म उसलाई चाहन्थे र चाहनु नै
प्रेम हो! यथार्थ त यो थियो कि उ यो प्रेमबाट बन्चीत थिई मैले गर्दा र कारण
म मौन थिए उसको प्रेम देखी!
त्यो दिन देखी स्वर्णिमा म सँग भेटन पनि आएको थिईन बरु तिन चार दिन पछि
राधा टुपलुक्क आईपुगी!मैले उसको हाल सोधे उसले ठिकै छ र यो कसैको जादु
हुनुपर्छ भनी,मैले बुझिन भने,उसले नबुझेकै जाती भनी र पेन्टिङ बनाउने काम
सुरु गर्नुभयो भनेर प्रश्न गरी!मैले अह गरेको छैन भने मन नै लागेको छैन
भने,उसले कसैले मन त चोरेन भनेर भनी र मुसुक्क मुस्कान दिई,म पनी के थाहा
हुनसक्छ भनेर हासिदिए!उसले अस्तिको साथी खै त भनेर सोधि,सायद उ स्वर्णिमाको
कुरा गर्दैथी,मैले उ आको छैन भने उसले नाम सोधि,मैले स्वर्णिमा भनिदिए र
राम्रो नाम छ भनीन उनले मैले पनी तिम्रो नाम पनी नराम्रो त छैन नी
भने,सुन्दा नै आन्नद हुने "राधा"!
उसले सायद मसँग नजीकिएको आभास गर्न थालेको थिई र उसले मेरो एउटा फोटो मागी,
मलाई के गरु र के नगरु भयो, मैले फोटो दिए र उसले यो साथीको चिनो हुनेछ
भनी र उ त्यहा बाट गई! सायद उ त्यहाबाट गएको स्वर्णिमाले देखेको रहेछ र
मसँग आएर झर्केर बोली, अर्काको लागी फुर्सदै फुर्सद छ हामि त पराई हामिसँग
त बोल्न पनी समय हुदैन है भनी आएर मख्ख पारेर गई अब पेन्टिङ त उसकै बन्छ
होला नि भनी! उ अचानक मलाई तानी र आफ्नो अगाँलोमा च्यापी, उ मलाई चुम्न
थाली सायद स्वर्णिमाले गुम्साएर राखेको प्रेम आज सबथोक सुम्पिदै थिई, म
अवाक भए, मैले केहि पनि गरिन! उ मलाई अगाँलोबाट फुकाली र त्यहा बाट हिडि
रिसको झोकमा! म बुझ्न सकीन यो कस्तो रीस हो या फिर यो कस्तो प्रेम हो? हुन त
यो प्रेम हुनुपर्छ यसमा म जलन देखीरहेको थिए, पिडा देखीरहेको थिए!
स्वर्णिमाको पेन्टिङ लगभग आधा बनीसकेको थियो र लाग्थ्यो त्यो आधा
पेन्टिङमानै सारा सृष्टि समावेश छ,ईन्द्रेणिको हर रङ्ग समावेश छ,आधा
चित्रमानै आर्श्चय थियो!उता राधाको पेन्टिङ आज बाट सुरु गरेको मैले के
उतारु पेन्टिङमा भनी दुबिधामा परेको थिए!मैले जे बनाए पनी एउटा सृजना त
पक्कै हुन्छ भनी सुरु गर्दे गए राधाको लागी उसको रोजाईको पेन्टिङ!
यता हप्तौ भयो राधा नआएको र म स्वर्णिमा मा फेरी नया जागर देखिरहेको
थिए!मैले स्वर्णिमालाई नभनेपनी भित्रभित्रै म राधाको पेन्टिङ सकाउन आटेको
थिए र उसले सोचे भन्दा र खोजे भन्दा बढि थियो त्यो पेन्टिङमा!हप्तामा हप्तौ
भयो राधाको केहि अत्तो पत्तो थिएन! यता स्वर्णिमाको मेरो लागी प्रेम
असाध्यै थियो!उसको नयनलाई जस्ताको त्यस्तै उतार्ने मन थियो मलाई त्यो आफ्नो
अधुरु पेन्टिङमा!म स्वर्णिमालाई यति चाहन्थे कि उसको पेन्टिङ नै मेरो
जीवनको अन्तिम पेन्टिङ बनाउन चाहन्थे! यी हातले उसको नाम नै आखिरी पटक
लेख्न चाहन्थे र यस धडकनको आखिरी धडक पनी स्वर्णिमाको नाममा धडकाउन
चाहन्थे!उसलाई म माया आफुभन्दा बढि गर्थे!मलाई दुनियाको पर्वाह थिएन केवल
आशिक,मज्नु,प्रेमी भएको थिए स्वर्णिमाको प्रेममा!
साच्चै माया आस्था हो,दुई मुटुको बलिदान हो!जे होस मलाई यति थाहा थियो कि
स्वर्णिमा केवल मेरो थिई मात्र मेरो!यता राधाको पेन्टिङ पनि अच्ममको बनेको
थियो सायद उसले रोजे र खोजे भन्दा बढि थियो!तर उसको आगमन नभएको धेरै
भईसकेको थियो,सायद उ सहर गईसकेको थिई होली आफ्नो पेन्टिङको साटो उहि मेरो
एउटा फोटो लिएर,साच्ची राधा पनि नराम्रो थिईन उसको नम्र बोली र व्यबहार
आकर्षित पार्दथ्यो मलाई!अपसोच उ टाढा भईसकेकी थिई,सहरको विरान ठाउमा
पसिसकेकि थिई!मैले राधाको पेन्टिङलाई नाम दिन सकिरहेको थिएन,र अन्तिममा
त्यो पेन्टिङको नाम नै मैले "राधा" राखिदिए! राधाको यादमा एउटा राधा अपहार
भयो म बाट!
यता स्वर्णिमाको मामाको छोरी आएकोले उ भेटन नआएको गुनासो सुनाई!मैले उसलाई
अगाँलोमा राखिरहे र उसको अधरलाई चुमे! मैले स्वर्णिमालाई भने स्वर्णिमा
तिमी सधै कराउने,रिसाउने कुराको समाधान गरिसके!मैले यति के भन्न पाएथे उसले
बुझिहाली मैले उसको लागी बनाउन सुरु गरेको पेन्टिङ पुरा भयो भनेर!उ सारै
हर्षित भई, लाग्थ्यो कुनै लडाई जितेर छाएको खुसी छाएको छ,उ रणभुमी जितेर
आएकी छे!स्वर्णिमाको लागी बनाएको मेरो पेन्टिङ 'राधा' नामक पेन्टिङ पछिको
अन्तिम पेन्टिङ थियो!
मैले स्वर्णिमालाई त्यो पेन्टिङ देखाए र उसको खुसीको सिमा रहेन!मैले
स्वर्णिमालाई नै उतारेको थीए त्यस पेन्टिङमा!एउटा यस्तो चित्र बनेको थियो
जुन सायद मोनालिसाको मुस्कान भन्दा पनी फरक थियो र राम्रो
थियो!स्वर्णिमालाई त्यो पेन्टिङ साह्रै राम्रो लाग्यो! उसले मलाई एकछिन
अगाँलोमा बाधिरहि र चुमिरहि!एकछिन स्पर्शको बहार भयो,दुई मुटु एकाएक जुधे,
यस खुसीको बखत स्वर्णिमाले एउटा दुख दिने खबर सुनाई उ त मामाको छोरीसँग
मामाघर जाने रे!मेरो मुहार एकाएक मलिन भयो तर उसले बाचा गरी उ एक हप्ता पछि
आउछु भनी,र मैले पनि उसलाई हुन्छ भनिदिए!उसले त्यो पेन्टिङ पनि आफुसँग
लग्छु भनी तर मैले त्यस पेन्टिङको नाम नै राख्न पाएको थिएन !स्वर्णिमाले
भनी मलाई राम्रो लाग्यो पेन्टिङ राख्देउ न त यस पेन्टिङको नाम "स्वर्णिमाले
मन पराएको पेन्टिङ"! साच्चै यो नाम राम्रो थियो र उ अन्तिम पटक मलाई चुमी
त्यहाबाट बिदा मागी!
भोली बिहानै एकाएक गाडि पल्टेर मान्छे मरे भन्ने हल्ला फैलियो! मलाई मनमा
कता कता चिसो पस्यो कतै स्वर्णिमालाई त!म हतार हतार गर्दे गाडि पल्टेको
ठाउमा पुगे र यो आखाँ रसाए जे नदेख्नु थियो त्यहि देख्यो यी
आखाँले!स्वर्णिमाको लाश गाडिको छेउमा थियो र उसको हातमा त्यहि पेन्टिङ
थियो,मृत्युले रुवाउदा पनि उसको ओठमा अजिब मुस्कान थियो! म उसको नजिक गए
मेरो आशुँ स्वर्णिमाको गालामा खस्यो, म रोए, कराए साराले सम्बेदना प्रकट
गरे र मसँग स्वर्णिमासँग जोडिएको एउटै चिझ बच्यो स्वर्णिमाले, आफै नाम
राखिदिएको पेन्टिङ "स्वर्णिमाले मन पराएको पेन्टिङ"!!!I LOVE YOU FOREVER SWORNIMA.......
चन्द्रौटा कपिलबस्तु
No comments:
Post a Comment