Friday, August 30, 2013

gazal

मायाको असली मुल कहा छ?
सहि शिक्षा दिने गुरुकुल कहा छ?

हजारौको भिडमा अर्थ खोज्ने जीन्दगीको
मानिसको त्यो जङ्गली हुल कहा छ?

हर दुख हर पिडा हटाउनलाई सदा
हिमाली त्यो संजीवनी फुल कहा छ?

एकान्तमा विरह गीत गाउदा खेरी मैले
सँगसँगै सुसेलीदिने बुलबुल कहा छ?

बिक्रम गिरी "अपरिचित"
चन्द्रौटा कपिलबस्तु

No comments:

Post a Comment