Monday, February 10, 2014

मेरो खुसी पुरा गर्न दिन रात काम गर्ने मेरो बुबालाई सलाम छ
खाँडि मुलुक जान सात सँमुद्र तर्ने मेरो बुबालाई सलाम छ

नियम,आदर, अनुशासनको जग बसालीदिने
त्यो आदर्श मलाई खुब मन पर्ने मेरो बुबालाई सलाम छ

पढोस छोरो अघि बढोस चाहाना मनमा राखी
सदैव शिक्षाको ज्योती छर्ने मेरो बुबालाई सलाम छ

बिक्रम गिरी "अपरिचित"
चन्द्रौटा कपिलबस्तु

No comments:

Post a Comment