THE BIRD OF PARADISE (स्वर्गको चरा)
बिहानीको मिर्मिरे
उज्यालोमा चराहरु चिरबिर गर्दे खुला आकासमा आफ्नो स्वतन्त्र पखेटा फिजाएर उडिरहेका
थिए! यता सधैको बिहानी जस्तै राजकुमारी रिषिका आफ्नो मृगनयनी आँखा उदाउदो
सुर्यमाथी एक टकले राखीरहेकी थिईन!यस्तो लाग्थयो उनी त्यो सुर्यलाई सधैभरी आफ्नै
सामिप्यमा कैद गर्न चाहन्थीन!एल्बान राज्यमा उनीभन्दा सुन्दर कोहिपनी थिएन!उनको
सुन्दरताको चर्चा जताततै हुन्थ्यो!उनले लाउने पोशाक र एक राजकुमारीमा हुनुपर्ने
गुण सार थोक राजकुमारी रिषिकामा थियो!
एकदिन रानी स्रिपना एका बिहानै राजासँग राजकुमारीको अब बिहे गरिदिनुपर्छ,उसको लागी एक योग्य वर
खोजीबकसीयोस भनेर भन्न थालीन!राजाले ल हुन्छ अब चाडै नै केहि गरुला भनेर रानीलाई
सान्तोना दिलाए!आफ्नो फ्रकिएको यौवन र सुन्दरताप्रती राजकुमारी पनि गर्व
गर्थिन!एकदिनको कुरा हो राजकुमारी झ्यालमा बसी आकासको निलो रङ्गमा आफ्नो
अर्जुनदृष्टी लगाईराखेकी थिईन,माथी आकासबाट चमक नै दिने खालको सेतो चिझ नजीक आईरहेको
देखीन!नजीक आउदा आउदै राजकुमारीले बल्ल थाहा पाईन त्यो एउटा सेतो चरा थियो,जसका पखेटा सुन्दर थिए ,आँखा चम्किला
थिए!राजकुमारी बसेको भन्दा केहि पर राज बगैचामानै आएर त्यो सेतो चरा बस्यो!खै किन
हो किन राजकुमारी रिषिका त्यस सेतो चरा देखी नजीकको सामिप्यको आभाष गरीन!उनले सेतो
चरालाई आफैसँग राख्न खोजीन र राजासामु पुगी त्यस राज बगैचामा आई बसेको सेतो चरालाई
छोप्न भनी भनीन!उसै क्षण राजाले आफ्नो भारदारहरुलाई त्यस सेतो चरालाई छोपेर ल्याउन
भनी आदेश दिए!
आज हैन, भोली हैन, त्यो चरा हात लागेन! राजकुमारी रिषिकाको मन कुनै चिझमा पनी लागीरहेको थिएन! वास्तवमा
त्यो चरा कुनै मामुली चरा थिएन! उ अरु चराभन्दा फरक थियो! उ त स्वर्गको चरा थियो र स्रापित
थियो! चराको भेषमा स्राप पाएका राजकुमार रुबेन थिए! उनले आफ्नो पहिले जन्मको स्राप
भोगीरहेका थिए! उनी कुशल योद्धा थिए र चलाख थिए! तय्स समय आफ्नो बुबाको सिँहासन
बचाउन उनले युद्द गरेका थिए, युद्ध अर्कैको पाल्टोमा थियो र उनले छल गरेर जितेका थिए, यसैकारणले उनलाई स्राप
दिईएको थियो! मरेर स्वर्गमा गएपनी चराको रुपमा भौतारीरहनेछौ र अर्को जन्म पनी चरै
हुनेछौ, जबसम्म एक कन्याबाट तिमी स्राप मुक्त हुनेछैनौ! त्यो कन्या
यस जन्मको राजकुमारी रिषिका नै थिईन! जबसम्म उनले त्यस चराको निधारमा चुम्ने छैनिन, राजकुमार रुबेन चराको
भेषमा सधैभरी आफ्ना पखेटा फटफटाई यो जीवन पनी बाच्न नपाई तडपिएर मर्नेछन! त्यो
चराको होहल्ला सारा एल्बान राज्यभरी फैलीयो र जसले पनी त्यस सेतो चरालाई छोपेर
बुझाउनेछ उसलाई थुप्रै धनसम्पती दिईनेछ भनेर राजाले बचन दिए! धेरै समयको
अन्तरालपछि एकदिन एकजनाले त्यस सेतो चरालाई समात्न सफल भयो! उसले सेतो चरालाई
राजदरबारमा बुझायो, उसलाई उसको उपहार दिईयो! राजकुमारी सेतो चरा समातिएको कुरा
सुनेर निकै नै खुसी भईन!
सेतो चरालाई हेर्दा राजा पनी
अच्चममा पर्छन, त्यस सेतो चरामा अलग्गै चमक थियो! राजाले त्यसलाई पिँजडमा
कैद गरी राजकुमारी रिषिकाको जन्मदिनको अवसरमा उनलाई दिए, राजकुमारी रिषिका उसलाई
पाउदा खुसी हुदै थिईन! राजकुमारीको जन्मोत्सवको अवसरमा रजाले एल्बान राज्यमा भोजको
व्यबस्था गरे! लाग्थयो कुनै चाँडपर्वको बेला खुसीयाली मनाएसरी सारा एल्बानबासी
खुसी मनाऊदैथे! अर्को दिन राजकुमारी सेतो चरासँग भुलिरहेकी थिईन, उनले त्यस सेतो चरालाई
पिँजडाबाट निकालेर त्यस सेतो सुन्दर चरालाई आफ्नो कोमल हातले मुसार्न थालीन, अचानक खेलाउदा खेलाउदै उनी
त्यस चराको निधारमा चुम्न पुग्छीन र त्यस स्वर्गको चरा आफ्नो स्रापबाट मुक्त
हुन्छ! उ केहिबेरमै एक सुन्दर युवकमा परिणत भयो र उ अरु कोहि नभई राजकुमार रुबेन
थियो! उसै क्षण ढलेकी राजकुमारीलाई आफ्नो काखमा उठाई उनलाई उठाउने प्रयास गरे, उनले पानी छिर्केर राजकुमारीलाई
होसमा ल्याउछन! राजकुमार रुबेनले पहिले आफुलाई मुक्त गराएकोमा राजकुमारीलाई
धन्यवाद दिए र आफु को र कसरी यस्तो भयो भन्ने सारा वृतान्त सुनाउछन! राजा रानी पनी
त्यहि पल राजकुमारीको कक्षमा पुग्छन,राजकुमारीले पनी सबथोक राजारानीलाई भन्छिन! राजा खुसी हुदै राजकुमारीको
निम्ती यहि वर नै ठिक छ भन्छन! राजकुमारी रिषिका र राजकुमार रुबेन दुवै खुसी
हुन्छन र दुवैको बिहे धुमधामका साथ भयो! त्यो दिन एल्बान राज्य पुरा दुलहि सरी
सिगारीएको थियो! स्वर्गको चराले त्यसपछि धर्त्तिको चरीलाई सदा सदाको लागी
आफ्नो बनायो...............
बिक्रम गिरी
"अपरिचित"
चन्द्रौटा कपिलबस्तु
No comments:
Post a Comment