Saturday, December 10, 2016

Gazal

उ शायरी थिई अनि उ गजल थिई कसैको
मनमा सधै फुलिराख्ने कमल थिई कसैको

नपाएर उस्लाई प्रेमी फेरि भट्टि छिरेको छ
मानौ घटघटि पिउने अब बोतल थिई कसैको

मन पराउनेले उस्लाई यसरी मन पराईदियो
उ नै बाधा र अब उ नै हल थिई कसैको

मेरो झुपडीमा मायाले सजाएर राख्छु भन्थ्यो
सायद दौलतले सजिएकी महल थिई कसैको

बिक्रम गिरी "अपरिचित"
चन्द्रौटा कपिलवस्तु

No comments:

Post a Comment