Saturday, December 10, 2016

Gazal

घाँस काटदा गोठालो जादा भिरमा आमाको साथ थियो
मैले पाउने हर दु:ख अनि हर पिरमा आमाको साथ थियो

रमाउनेहरु  केवल वसन्तको हरियालीसम्म मात्र हुन्छ्न
मलाई त सुखा अनि उजाड शिशिरमा आमाको साथ थियो

बद्लियो भाग्य लेखियो आफै नया आयाम जिन्दगीको
सक्थिन होला तर साच्चै तकदिरमा आमाको साथ थियो

म लडथे उठथे कयौ सफर येस्तै चल्यो आजसम्म पनि
हौसलामा हौसला अनि सिरमा आमाको साथ थियो :)

बिक्रम गिरी "अपरिचित"
चन्द्रौटा कपिलवस्तु

No comments:

Post a Comment