Friday, August 30, 2013

gazal

आज आफ्नै जातले धोका दियो
सधै खाने भातले धोका दियो

कसैले प्याच्च भन्ला सोच्या थे'न
हो आफ्नै औकातले धोका दियो

यो दुनिया किन छुवाछुतको कुरा गर्छ
मैले ईश्वर पुज्ने हातले धोका दियो

दिन त अभागीको जसोतसो बितीजान्थ्यो
सधैभरी चकमन्न रातले धोका दियो

बिक्रम गिरी "अपरिचित"
चन्द्रौटा कपिलबस्तु

No comments:

Post a Comment