Friday, August 30, 2013

gazal

मलाई बिगारने तिम्रो तस्वीरलाई सरापे
थोरै थोरै आफ्नो तकदिरलाई सरापे

हे भगवान मेरै पालोमा भाग्य लेखेनौ
हेर्थे रुन्थे हातको लकिरलाई सरापे

न मायामा सफल भए न त जीन्दगीमा
सधै पुज्ने गाउको मन्दिरलाई सरापे

राम्ररी दुई छाक खान लाउन पाएन
मरिमेटी गर्ने त्यो जागीरलाई सरापे

बिक्रम गिरी "अपरिचित"
चन्द्रौटा कपिलबस्तु

No comments:

Post a Comment