Friday, August 30, 2013

gazal

बल्ल बल्ल बारीमा झाल लाग्दै थियो
बिचरोको घरमा अनिकाल लाग्दै थियो

जसोतसो दुई छाक पुराएनी उसले
पोहोर जस्तै अनिकालको साल लाग्दै थियो

साच्चै सराप हो गरिब भएर जन्मीनु
कठै बरा स्तीथी बेहाल लाग्दै थियो

मलिन अनुहार भोको पेट रन्थनीदै यताउता
भिखारीकै हाल जस्तो कङ्गाल लाग्दै थियो

बिक्रम गिरी "अपरिचित"
चन्द्रौटा कपिलबस्तु

No comments:

Post a Comment