2064 भदौ 30 (कालो दिन)
हो त्यही दिन जसले हल्लीखल्ली मचायो चन्द्रौटाको ईतिहासमा! एउटा नराम्रो बिहानी झुल्कीयो त्यो दिन! करीब 8:25 को आसपास तीर जे भयो चन्द्रौटामा, त्यसले एउटा आतंक मच्चायो!
म त के, आजको दिन सम्झेर पुरा नेपाल जिरीङ्ग हुन्छ!जे भयो त्यो चन्द्रौटाले कहिले बिर्सिने छैन!त्यो भदौ 30 ले एउटा नराम्रो छाप छोडेर गएको छ चन्द्रौटाको ईतिहासमा!
पुरा देशलाई हल्लाउने घटना चन्द्रौटामा मिति 2064 भदौ 30 मा घटेको थियो! हिन्दु मुस्लिम काटमार चलेको थियो त्यो बेला, कति पहाडियाले ज्यान गुमाउनु पर्यो भने कति तडपि तडपि मरे! कपिलबस्तु जिल्लाका एक नेता विरपुर कुदरवेटवा निवाशी नेपाली कांग्रेस प्रजातान्त्रीक का महासमिति सदस्य तथा लोकतान्त्रिक मधेशी मोर्चाका अध्यक्ष अब्दुल मोईत खाँ को अज्ञात व्यक्तिले हत्या गरेको कारण फैलिएको हिसांत्मक घटनामा धेरै जनधनको क्षति भएको थियो
पुरा चन्द्रौटा तनावग्रस्त थियो! कतिको निर्मम हत्या भयो, कसैको स्तन काटियो,कोही भाग्न सफल भए त कोही मरे! पुरा चन्द्रौटा आगोको लप्टामा दन्किदै थियो! कतै तोडफोड त कतै मारपिट! पुरा पहाडिया बस्तीमा आक्रमण भयो तर मौन थियो ईलाका प्रहरी कार्यलय! साच्चै कालो दिन थियो त्यो चन्द्रौटाबासीलाई! गाडिहरु पुरा जलिरहेका थिए, पसल पनि उस्तै, टङ्कीको त नामोनिसान थिएन! त्यो बेला 27 जना भन्दा बढिको मृत्यु भएको थियो, 216 जति घर जलेको थियो, 2 कपास फेक्टरी र 2 पेट्रोल पम्प पुर्ण रुपले क्षति भएको थियो! 48 ट्रक, 11 बस, 10 मोटरसाईकल, 6 मिनिबस, 2 टयाक्टर र 1 मिनिट्रक जलेका थिए! चन्द्रौटा बजारका 40 जति होटल र 30 भन्दा बढि पसल जलेका थिए, 11 घुम्ती पसल र 1 मेडिकल पुर्ण रुपले क्षति भएको थियो! साच्चै साह्रै नराम्रो घटना घटेको थियो त्यो दिन!
म लगायत चन्द्रौटा सम्वेदना प्रकट गर्न चाहन्छौ, जजसले त्यो घटनामा आफ्नो अमुल्य ज्यान गुमाउनु भयो!आसा छ त्यो घटना अब कहिल्यै नदोहोरीयोस......जसले धेरैलाई रुवायो!!!
बिक्रम गिरी "अपरिचित"
चन्द्रौटा कपिलबस्तु

No comments:
Post a Comment