Saturday, September 14, 2013

* नेपाल मात्र हैन विश्व हासीरहेको छ भारत तिम्रो बेवकुफीपन देखेर *

ईन्डियाले गौतम बुद्ध हाम्रो देशमा जन्मयो भन्यो........प्रतिकार गरे सारा नेपालीहरुले, सामाजीक सन्जाल मार्फत.........आज जब कपिलबस्तु आफ्नो जन्म ठाउमा पुगे..एउटा साथीलाई भने ZEE TV को BUDDHA सिरीएलमा त बुद्ध INDIA मा जन्मेको हो भनेर भनेछ नी, थाहा पाईस भन्दा उस्को उत्तर सुनेर साह्रै दिल दुख्यो,उसले भन्यो " भा छोड न त्यस्तो कुरा"!!! यो सायद ...उसको मात्रै जवाब हैन प्राय कपिलबस्तुमा बस्नेको हो! आखिर कति चोटि भन्ने INDIA लाई बुद्द नेपालमा जन्मीएका हुन भनेर! थाकीसकेछन यताका मान्छेहरु! खुसी लाग्छ जब नेपाली भन्छु तर डराउछु भारतको अतिक्रमण बाट! हामी काठमाडौँ वा त्यो भन्दा बाहिर बस्नेहरुले जनाएको कडा विरोधको लागी म सलाम गर्छु किनकी थाकीसकेको छ कपिलबस्तु! कपिलबस्तुले बुद्धको लागी आवाज हैन आफ्नै सुरक्षाको लागी आवाज उठाउनु परेको थियो! INDIA ले पुरा कपिलबस्तु नै हाम्रो हो भनेको थियो तर कपिलबस्तुको सदरमुकाम तौलीहवाका नारायण पौडेलको अध्यक्षतामा सर्वच्चमा रिट दायर गरीयो, बल्ल तल्ल सरकारले सुन्यो, अनी मात्र कपिलबस्तु बच्यो!अझ KAPILVASTU EXPRESS नामको TRAIN नै चल्छ बर्डर पारी! के गर्ने विश्वलाई थाहा छ बुद्ध नेपालमा जन्मेको तर भारत आफ्नै छिमेकी भनौदो देश लजाउदैन BUDDHA हाम्रो देशमा जन्मेको भन्नलाई! एक पटक हैन पटक पटक INDIA ले नेपालको शान र गौरवमाथी खुला रुपमा आक्रमण गरीरहेको छ! अब हामीले मात्रै विरोध जनाउने हो की केही गर्छ सरकारले? हुन त मुर्दा छ सरकार तर पनी बुद्ध नामको आवाज ले ब्युझीन्छ की?एउटा अन्तीम आश लिएको छु...........कती चोटी विरोध गर्ने, कती कडा शब्द प्रयोग गर्ने भारतमाथी,आखिर खोजेको के हो भारतले??के हामी नेपालीलाई सोझो भन्ठानेको या फिर दबाउन खोजेको......याद राखोस नेपाली कसैबाट दबिएर बस्नेवाला मध्ये हैन त्यो त तिम्रै देश भारत हो जो त्यत्रो साल गुलामी गर्यो तर ईतिहास को हरेक पाना पल्टाएर हेरे हुन्छ,नेपाल एक स्वतन्त्र देश हो!अब फेरी विरोध गर्न बाध्य नगराउ भारत किनभने तिम्रो झुठो र भ्रामक प्रचार प्रसार बाट साच्चै थाकीसकेको छु, तिम्रो देशको नागरीकहरु पढेलेखेका भएपनी साच्चै अनपढ रहेछन जो भन्छन बुद्ध INDIA मा जन्मेका हुन!अब त थोरै पनी लाज छ भने भारत मौन बस्!नेपाल मात्र हैन विश्व हासीरहेको छ तिम्रो बेवकुफीपन हेरेर!!!एउटा सभ्य देशको सभ्य नागरीक!

"BUDDHA WAS BORN IN NEPAL"बुद्ध नेपालमा जन्मेका हुन"

बिक्रम गिरी "अपरिचित"
चन्द्रौटा कपिलबस्तु

No comments:

Post a Comment