Friday, October 25, 2013

कान्छी दिदि धेरै रोईथीन हातकै रातो चुरा फुटदा
सधै साथ दिन्छु भन्ने आफ्नै पती परमेश्वर छुटदा

कठै बरा भन्न सकिन दुई मुटुको बन्धन टुटदा
तमासा हेरे काल भन्नुको कान्छी दिदिको सिन्दुर लुटदा

रुन्थीन पिपलुकै आडमा बसी समयले पल पल कुटदा
अली साहशीली हुन्थीन एकैछिन समाजले सान्तवना दिन जुटदा

सबै कुरा भुली दिन्थीन फकाउथीन जब पती रुठदा
नितान्त एक्लो छिन आजकाल जीवनमा उनको भाग्यले चुटदा

बिक्रम गिरी "अपरिचित"
चन्द्रौटा कपिलबस्तु

No comments:

Post a Comment