Friday, October 25, 2013

अर्जृनदृष्टी मेरा नजर केटिमानै पर्ने गर्थे
सहन नसकि साथीबाट त्यहि नै बोली झर्ने गर्थे
प्रपोज आज हान्छु के नै भन्थे साथीलाई
रमेशले चिच्चाएर तेरो भाउजु हो साले भन्ने गर्थ्यो
बोले कि केटि सँग शङ्का नजरले हेरीन्थे म
बेन्चबाट हाम फाल्दै आउने सुरेन्द्रबाट घेरीन्थे म
म जसलाई पनी हेर्थे रविले केटि गनीहाल्थ्यो
चुप्प लाएर कहा बस्थ्यो ईन्जमाम सिधै किस खाँ भनीहाल्थयो
थियो अर्को दुर्गेश दुर्गा भनि भनीन्थयो
बिना सित्ती टाईमपास को लागी लडने पनी गरीन्थ्यो
कलासको सिम्पल ब्वाई ब्रिजेस मुर्कुटुवाको कथा सुनाउथ्यो
अमित आएर छेउमा मेरो CID हेर्न पाएन भनी ब्याथा सुनाउथ्यो
आर्को थिए बिबेक जो धेरै बोल्दैनथे
मनमै राख्थे भावना जो कसैसँग खोल्दैनथे
ईन्दिरा र तृप्सा कलासमा दुई मात्रा माता
झगडा गरी हुन्थे उनका मुख राता राता
बचेको म बिक्रम जो कोरे यो कविता
लडाउथे अरुलाई अनी हेर्थे आफै रमिता

बिक्रम गिरी "अपरिचित"
चन्द्रौटा कपिलबस्तु

No comments:

Post a Comment