यो पत्र नै तिम्रो लागी सायद आखिरी हो!
मैले सकेसम्म तिमिलाई आफ्नो जीवनबाट भुल्न चाहे राधा,म
चाहन्न अब हामी बिच फेरी माया प्रेमको टुसा पलाओस! हरेक बाटो अपनाएको छु तिमीलाई
भुल्न, त्यती सजीलो त कहा छ र तर पनी हार्न
जानेको छैन, थोरै जीद्दि जरुर छ यो बिक्रम, तिमीले सँगै बिताएका पलहरुमा महसुस गरेको हुनुपर्छ ! कसरी ब्यक्त गरौ
मनका अनगिनत भावना जसले तिमीलाई बस भुल्न चाहन्छ! त्यो हाम्रो पहिलो भेट देखी लिएर
यो अन्तीम पत्र सम्म मैले तिमीलाई भुल्न सकिरहेको छैन तर म बाधा बन्न चाहन्न
तिम्रो मुस्कानको, मैले भुल्नै पर्छ तिमीलाई! मैले बगैचाको
गलत फूल सँग सामिप्यता बढाएछु आज धेरै पश्चताप हुदैछ! यो जान्दा जान्दै पनी कि
मलाई प्रश्न हरुको ओईरो लाग्छ मैले आफ्नो फेसबुकको रिलेसेनसिप स्टाटस पनी सिङ्गल
गराईदिए! अझ यसले तिमीलाई बताउन मद्दत गर्नेछ म हर कुरा बिर्सिन चाहन्छु,अब म कुनै रिलेसेनसिपको दायरा मा नभई मुक्त भएको छु!के गर्ने राधा
कुनै दिन यो बिक्रमले तिमीसँग साचो कसम खाकै हो तर झुठ मान्दीनु ती कसम हरु पनी,
चाहे तिम्रो नजरमा म धोकेबाजै सहि! प्रेम गर्नुको नमिठो सजाए पाउदैछु,
नचाहेर पनी गुमाउन बाध्य छु,मेरो जीवनबाट
अलग गर्न बाध्य छु! तिम्रो जीवनमा यो मेरो निर्णयले झन खुसी ल्याउनेछ राधा बस तिमी
पनी मलाई भुलीदिनु! रुन त मेरै किस्मतमा लेखेको छ, जसलाई
धेरै माया गर्छु, जो सँग धेरै नजीक हुन्छु, त्यो नै सधै टाढा भईदिन्छ! सायद त्यो अन्तिम पटक पनी थियो, मैले तिम्रो प्रोफाईल भिजिट गरेको थिए र तिम्रा पुराना फोटो एक एक गरी
हेरीरहेको थिए! पालैपिच्चे जसरी ति फोटोहरु चेन्ज हुन्थे मेरा आँखा रसाउथे! मैले
चाहेर पनी गुमाएको एक अनमोल रत्न थियौ तिमी, आजकल
त म हर चिझ बाट बेखबर छु, के गर्ने राधा तिमी
जो थियौ मलाई हर कुरा सम्झाउने,अहिले त बस पागल
भनेको छैनन कसैले फरक त्यती हो! कस्तो मोड आयो यो, तिमीले
मेरो पिछा गरे पनी म तिमीलाई आफुसँगै लान सक्दिन!ईतिहासले जसरी धेरै कुरा रहस्यमय
राखेको छ,मैले आफ्नो कारण पनी तिनै ईतिहास झै भन्न
चाहिन! म जान्दछु तिमीले मेरो कुनै कुरा टाल्न सक्दैनौ बस अब एक अन्तिम पटक मलाई
भुल्नमा पनी मद्दत गरीदिनु! बिगत भुलेर एउटा सुनौलो भविष्यको बाटोमा लाग्नु,
यो अभागी त सधै उस्तै हो.......ति कथाहरु जस्तै अब जीन्दगीको कुनै
मोडमा भेट नहोस पनी,म रुन सक्दिन राधा, थाकिसकेको
छु जीन्दगीबाट........................अलविदा राधा!!!!!!!!!!!!
No comments:
Post a Comment