Friday, August 30, 2013

यी ओठमा तिम्रै स्पर्श छन
यी नयनमा तिम्रै तस्वीर छन
यी आवाजमा तिम्रै नाम छन
हरेक पल हरेक क्षण तिम्रै याद छन
जहा जहा फुलले बास्ना छर्दछ
तिमीनै त्यो बाटो हिडेको हुनुपर्छ
डुब्दै गरेको सुर्यले तिम्रो लालीरङ चोरेको हुनुपर्छ
प्रकृतीको हरेक कण कणमा समावेष छौ तिमी
रातको चकमन्नतामा तारा बनी आईदिन्छौ तिमी
जब जब सिमसिमे पानीको थोपाले हान्दछ
लाग्छ तिमी म सँग जिस्कीरहेकी छौ
हिलाम्मे खेतको डिल डिलमा छापहरु छन
ति तिम्रा पाईलाका अवशेष हुनुपर्दछ
जब वातावरण सुन्यतामा छाउछ
एउटा आवाज ध्वनीत हुन्छ चारैतीर
लाग्छ तिमी पुकारीरहेकी छौ मलाई
पर्ख प्रिय! तिम्रो चिहाननीर पुगीसकेको छु
प्राण त्याग गर्न मात्र बाकी छ
भेटौला फेरी उहि बादलुमाथी
जहा एउटा अर्कै संसार छ..................

बिक्रम गिरी "अपरिचित"
चन्द्रौटा कपिलबस्तु

No comments:

Post a Comment