Monday, February 10, 2014


यसरी सृङ्गारीएर, बसेकी थि उ
साच्चै भन्छु दिलभित्र, पसेकी थि उ

अरे म उसको वर्णन, गर्नै सक्दिन यार
के भनु अँगालोमा जब, कसेकी थि उ

मग मग बसाएको थ्यो, शिर देखी पाउसम्म
आजै के के लाली पाउडर, घसेकी थि उ

चम्किलो त्यो सारी, आँखीभउ सजाएका
लाग्थ्यो भर्खर स्वर्गबाट, खसेकी थि उ

बिक्रम गिरी "अपरिचित"
चन्द्रौटा कपिलबस्तु

No comments:

Post a Comment