Monday, February 10, 2014

मैले एउटा राज लुकाएको छु
नभन्नु शाही ताज लुकाएको छु

यो बन्दरगाहभन्दा कतै टाढा
एउटा ठुलो जहाज लुकाएको छु

महामारीको डर छ त्यसैले साथी
ठुलो गोदाममा अनाज लुकाएको छु

चोरले सुनहरु चोर्न सक्छ भनी
नदेखीने गरी दराज लुकाएको छु

बिक्रम गिरी "अपरिचित"
चन्द्रौटा कपिलबस्तु

No comments:

Post a Comment